२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाडौं महानगरका सार्वजनिक शौचालयहरू निःशुल्क प्रयोग गर्न पाइने

images

  • २०८१ जेठ १८, शुक्रबार
  • 486
    SHARES
  • काठमाडौं महानगरका सार्वजनिक शौचालयहरू निःशुल्क प्रयोग गर्न पाइने

    काठमाडौँ : काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सबै सार्वजनिक शौचालयहरू निःशुल्क प्रयोग गर्न पाइने भएको छ। शुक्रबार एक सूचना जारी गर्दै महानगरले निर्माण भएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा सेवाग्राहीसँग कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरेको बताएको छ।

    ‘निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि महानगरले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मत सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने छ,’ सूचनामा भनिएको छ।

    सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न समेत अनुरोध गरेको छ।

    यस्तै, तोकिएको समयपछि महानगरभित्रका सबै सार्वजनिक शौचालयहरू निःशुल्क सञ्चालन गर्नुपर्नेछ। यदि सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत कुनै प्रकारको शुल्क लिएमा कारबाही गरिने महानगरले बताएको छ।

    साथै, कुनै सरकारी निकाय, गैरसरकारी संस्था वा निजी क्षेत्रबाट आफ्नो परिसरभित्र वा बाहिर सार्वजनिक शौचालय सञ्चालन गरिरहेको हकमा समेत निःशुल्क शौचालय सेवा उपलब्ध गराउन अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ