२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मधेशमा भोलिदेखि 'श्रमाधान रोजगार मेला', तयारी पूरा

images

  • २०८१ जेठ १८, शुक्रबार
  • 356
    SHARES
  • मधेशमा भोलिदेखि 'श्रमाधान रोजगार मेला', तयारी पूरा

    धनुषा : जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’को तयारी पूरा भएको आयोजकले जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलले यही जेठ १९ र २० गते हुने मेलाको तयारी पूरा भएको जानकारी दिनुभयो। 

    उहाँका अनुसार मेलामा रोजगारीसहितका स्टल रहने छन्। कामको खोजीमा रहेका युवाहरूको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिनेगरी मेलाको तयारी गरिएको संयोजक पौडेलले बताउनुभयो। 

    मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायत ३५ भन्दा बढी स्टल रहनेछन्। श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधानलगायत सरकारी स्टल रहनेछन्। 

    कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएका आयोजकले जनाएको छ। 

    मेलाको उद्घाटन जेठ १९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गर्नुहुनेछ। सरकारले सातै प्रदेशमा आयोजना गरेको मेलाअन्तर्गत मधेस प्रदेशको मेला जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने भएको हो। 

    मेलाले  रोजगारीका चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारी निकाय, निजी क्षेत्रका रोजगारदाता र नागरिक समाजका संस्थाहरूबीच साझेदारीलाई बढावा दिने विश्वास लिइएको छ। साथै रोजगारी सिर्जना, उद्योगहरूको प्रवर्द्धन गर्ने र रोजगार बजार विस्तार गरेर नेपालको समग्र आर्थिक विकासमा योगदान पुर्याउने मेलाको उद्देश्य रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ