२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

images

  • २०८१ जेठ ११, शुक्रबार
  • 1.1K
    SHARES
  • भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

    काठमाडौँ : प्रभु बैंक लिमिटेड र बिराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोबीच विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ।

    एक समारोहका बिच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरका संचालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेश का प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रि कुमार कटवालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन।


    सम्झौता अनुसार प्रभु बैंकका गौहकले भास्कर आई केयर एण्ड ग्लौकोमा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया , पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्राप्त  गर्नेछन्। छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा पेश गर्नुपर्ने छ।


    नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले निरन्तर स्तरिय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ। स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा १ हजार देखि १ हजार ५ सय सम्मको छुट व्यवस्था रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ