२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

images

  • २०८१ जेठ ३, बिहीबार
  • 1.1K
    SHARES
  • नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

    काठमाडौँ : नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो।  

    जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार नहुने हुँदा आज जेठ ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    सभाले हाल कायम चुक्ता पुँजीको ५.००५ प्रतिशतका दरले लाभांश पारित गर्ने छ जस मध्ये ४.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.२५५ प्रतिशत कर प्रार्थना नगद लाभांश रहेको छ। 


    कम्पनीको नवौं  वार्षिक साधारण सभा जेठ १७ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ। साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ