२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्लद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

images

  • २०८१ जेठ २, बुधबार
  • 481
    SHARES
  • प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्लद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    काठमाडौँ : प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लद्वारा पद तथा गोपनीयताको शपथ लिएका छन्। हिजो जेठ १ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष अध्यक्ष मल्लले सपथ ग्रहण गरेका हुन्। 

    प्रभु इन्स्योरेन्सको व्यवसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताउनु भयो। निर्जिवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यवसायिक हितका लागि आफुले पहल गर्ने अध्यक्ष मल्लको बताउनु भयो।

    प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरु मध्येबाट कम्पनीको सञ्चालक समिति अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका थिए।

    नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन्। उनले अन्य विभिन्न व्यावसायिक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ