२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

images

  • २०८१ जेठ २, बुधबार
  • 411
    SHARES
  • नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

    दमौली : नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी हुनुभएको छ। मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार २ सय ९२ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो। 

    अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले दुई सय चार मत प्राप्त गर्नुभएको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिनुभयो। यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी हुनुभएको छ। 

    अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ। ५ सय ८५ मतदातामध्ये ५ सय ६० जनाले मतदान गरेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ