काठमाडौँ : साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ३.६० अंक तथा फ्लोट इण्डेक्स १.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक बढेको छ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छन् जसमा माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि ३.२२ प्रतिशतले बढेको छ।
आज २१९ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ३ कम्पनीको मूल्य स्थिर रहेको छ। हिजो सोमबार ३ अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएकोमा बजारमा आज ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता शेयर कारोबार भएको छ।
यस गरि, आज सिइडीबी हाइड्रोपावरको १५ करोड ८१ लाख, साइन रेशुंगा डेभलपमेन्ट बैंकको ११ करोड र आरएसडीसी लघुवित्तको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस्तै, आज ४ कम्पनीको मूल्य सर्किट लेभलमा कारोबार भएको छ जसमा समाज लघुवित्त, उपकार लघुवित्त र यसनिक लघुवित्त तथा जनउत्थान सामुदायिक लघुवित्त रहेका छन् भने सप्तकाेशी डेभलपमेन्ट बैंकको १.४६ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको १.३६ प्रतिशतले घटेको छ।



