२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९ प्रतिशतले बढ्यो, ईपीएस २८.३७ रुपैयाँ

images

  • २०८१ वैशाख २१, शुक्रबार
  • 851
    SHARES
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९ प्रतिशतले बढ्यो, ईपीएस २८.३७ रुपैयाँ

    काठमाडौँ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा १०९.६६ प्रतिशतले बढेर ५९ करोड ७१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा २८ करोड ४८ लाख रहेको थियो।

    गत आर्थिक वर्षको तस्रो त्रैमाससम्म १ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ७१.३८ प्रतिशतले बढेर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यस्तै, गत आर्थिक वर्षको तस्रो त्रैमाससम्म५५ करोड ६९ लाख रुपैयाँ खुद  बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १३८.५६ प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।


    कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पुनर्बीमा कमिसनमा १ अर्ब २७ करोड खर्चिएको छ। जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ३२.५५ प्रतिशतले वृद्धि हो। कम्पनीको स्पेसल रिजर्भ शीर्षकमा २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ७१ करोड २ लाख तथा शेयर प्रिमियममा ४ लाख रुपैयाँ सञ्चित गरेको छ। 

    कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) २८.३७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २५४.५९ रुपैयाँ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ