२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी

images

  • २०८१ वैशाख १८, मंगलबार
  • 336
    SHARES
  • ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी

    काठमाडौँ : विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा गाडी उत्पादन गर्ने पहिलो चिनियाँ कम्पनी बनेको छ। अटो मोबाइल क्षेत्रमा वातावरणमैत्री रूपान्तरणको लहर चलिरहेका बेला ओमोडाले युरोपको स्पेनबाट आफ्नो उत्पादन थाल्ने भएको हो।

    गत अप्रिल १९ मा स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजन’ सहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडाले पहिलो युरोपेली फ्याक्ट्री प्लान सार्वजनिक गरेको थियो।

    यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित कार्यक्रममा ओमोडाको पहिलो ‘अल–इलेक्ट्रिक क्रस ओभर एसयूभी ओमोडा ई–५ को स्पेनिस बजारमा सार्वजनिक गरिएसँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो।

    नेपालमा गत फेब्रुअरीमा ओमोडा ई–५ सार्वजनिक गरिएको थियो। यो कार अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी, इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइनका लागि विश्व र नेपाली बजारबाट उच्च प्रशंसा पाइरहेको छ। नेपालका लागि एसपीजी अटोमोबाइल्स प्रा.लि. ओमोडा एन्ड जेइका लागि आधिकारिक वितरक हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ