काठमाडौँ : बझाङ प्रदेशसभा १ मा १५ वैशाखमा भएको उपचुनावमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन्। उनले नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै जित निकालेका हुन्।
एमालेका भण्डारीले ११ हजार ६ सय १३ मत ल्याएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत पाएका थिए।
त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत ल्याएका थिए भने उनी तेस्रो भएका हुन्। यसै गरी एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत पाएका थिए।



