२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
इन्स्योरेन्स

लाभांश प्रस्ताव पारित गर्न सन नेपाल लाइफले बोलायो साधारण सभा

images

  • २०८१ वैशाख १७, सोमबार
  • 921
    SHARES
  • लाभांश प्रस्ताव पारित गर्न सन नेपाल लाइफले बोलायो साधारण सभा

    काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातौँ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। वैशाख १६ गतेबसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा जेठ ९ गते, बुधबार, अमृतभोग केटरर्स प्रा.लि, कालिकास्थान, काठमाडौँमाबिहान १० बजे बोलाएको छ। 

    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न र लाभांश वितरणपश्चात कायम चुक्ता पूँजीबाट हकप्रद सेयर निष्काशन गर्ने साधारण सभा बोलाएको हो।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जुन विशेष प्रस्तावको रुपमा साधारणसभाले पारित गर्नेछ। साथै, सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताब पनि पारित गर्नेछ। 

    हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड छ भने बोनसपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख पुग्ने छ। 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख २७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    यस्तै,प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ