२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

images

  • २०८१ वैशाख १४, शुक्रबार
  • 546
    SHARES
  • पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

    सर्लाही : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ। 

    एघार स्पानसहित ३ यस ६३.५ मिटर लामो सो पुलेको सर्लाहीतर्फको स्पान नम्बर पाँचको ‘सपोर्ट स्प्रिङ’ जीर्ण भएर पाँच ईन्च तल सरेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ। बागमती नगरपालिका–११ निवासी मिलन श्रेष्ठले मुख्य राजमार्गमा रहेको पुलको स्पान भाँसिन थाले पनि मर्मतका लागि सरोकारवाला निकायको ध्यान जाननसकेको बताउनुभयो।

    ‘‘दैनिक दर्जनौ सवारी साधन यही पुल ओहोरदोहोर गर्छन्। पुल हल्लिएर सानो सवारी चलाउने हामीजस्ता चालकलाई त झनै जोखिम छ। यस विषयमा सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरलाई जानकारी गराइए पनि मर्मतका लागि कुनै पहल भएको छैन”, श्रेष्ठले गुनासो गर्नुभयो। 

    यही सडक भएर दिनहुँ सवारी चलाउने चालक केशव थापाले पनि पुलको एउटा स्पान नै तल सरेकाले दुर्घटनाको जोखिम बढेको बताउनुभयो। 

    सडक डिभिजन कार्यालय सर्लाही–रौतहटका प्रमुख दिपेन्द्र पाण्डेयले भने पुल जीर्ण भएको विषयमा सडक डिभिजन कार्यालयबाट अनुगमन गरी अवस्थाबारे जानकारी लिइएको बताउनुभयो । पूर्वमा कमला नदीदेखि बागमती नदीसम्मको ४ लेन सडकमा पर्ने पुल निर्माणका लागि नयाँ योजना बनिरहेकाले अहिले मर्मतलगायतका काम नगरिएको उहाँको भनाइ छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ