२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ औपचारिक उद्घाटन आज हुदै

images

  • २०८१ वैशाख १३, बिहीबार
  • 501
    SHARES
  • ‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ औपचारिक उद्घाटन आज हुदै

    काठमाडौँ : हिजो बुधबारबाट सुरु भएको चौथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन (आज) बिहीबार हुने भएको छ।

    निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको साझा संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा बिहीबार विद्युतीय सवारी र्यालीको आयोजना गरी सुरु भएको एक्स्पोको बिहीबार औपचारिक उद्घाटन हुने भएको हो।

    इपानले बुधबार एक्स्पो स्थल भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो। एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरूको बुकिङ भइसकेको छ। ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना भएको एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ।

    नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भैसकेको तथा आगामी सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको सन्र्दभममा र लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना भएको एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूणर् हुने इपानले जनाएको छ।

    देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग ऊर्जा क्षेत्र जोठिडएकोले यसलाई मूर्त रूप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजनाा गरिएको इपानले जनाएको छ। नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाबारे ज्ञान र सूचना आदान-प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने अपेक्षा आयोजक इपानले गरेको छ।

    इपानका अनुसार एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्व विद्यालय / कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरू, मित्र राष्ट्ररू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी सहभागी हुने भएका छन्।

    त्यस्तै, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरूको सहभागिता निश्चित भइसकेको छ।

    एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।

    यी सबै प्राविधिक सत्रहरुलाई विश्वको जुनसुकै स्थानबाट पनि सजिलै भर्चुअल माध्यम प्रयोग गरी सहभागीता तथा अवलोकन गर्न सकिने जनाएको छ । साथै एक्स्पोमा सहभागी प्रदर्शनकर्तासँग सिधै सम्पर्क पनि गर्न सकिनेछ।

    हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिस्पर्धा एक्स्पोको आकर्षण बन्ने इपानले जनाएको छ।

    एक्स्पोको सुरुवातको अवसरमा बुधबार बिहान काठमाडौँको कमलादीबाट करिब २० किलोमिटरको विद्युतीय सवारी र्यालीको आयोजना गरिएको छ। त्यस्तै एक्स्पो स्थल भृकुटीमण्डपमा ३ वटा सत्रमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ