२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सुनचाँदी

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ वैशाख १२, बुधबार
  • 406
    SHARES
  • सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : २ दिनमा प्रतितोला ३ हजार ७ सय रूपैयाँ  घटेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको छ।  


    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार रुपैयाँ कायम भएको छ। हिजो मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला रु ५ सयले बढेको हो।

    यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ३ सय ५० रुपैयाँ निर्धारण भएको छ। हिजो मंगलबार तेजाबी सुन १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ निर्धारण भई कारोबार भएको थियो। 

    यसैगरी, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ६ सय ७० रुपैयाँ निर्धारण भएको छ। हिजो मंगलबार १ हजार ६ सय ६० रुपैयाँ कारोबार भएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ६ सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ९ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४ सय ३२ रुपैया तोकेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ