२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सर्वोत्तम सिमेन्टको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

images

  • २०८१ वैशाख १२, बुधबार
  • 356
    SHARES
  • सर्वोत्तम सिमेन्टको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

    काठमाडौँ : सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा आज बस्दैछ। कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको ५ औं साधारण सभा आज आयोजना हुन लागेको हो।

    कम्पनीले सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ। साधारण सभा भैरहवा रुपेन्देहीको होटल भिलासामा बिहान १० बजे सुरु हुनेछ।

    कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गरिसकेको छ। यसआधारमा चैत २९ गते बिहीबारसम्म कायम सेयर धनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्।

    उक्त सभामा ५ जना संस्थापक सेयरधनी तथा १ जना सर्वसाधारण र १ जना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित हुनेछ। 

    यस्तै, सभामा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ