२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

images

  • २०८१ वैशाख १२, बुधबार
  • 346
    SHARES
  • नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

    काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत हुनुभएको छ। चेम्बरका पूर्वअध्यक्ष श्रेष्ठलाई सल्लाहकार परिषद्को अध्यक्षमा मनोनयन गरेको हो।

     चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिने परिषद् सदस्यमा पूर्वअध्यक्षहरू महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार र सुरेशकुमार बस्नेतलाई मनोनयन गरिएको छ।

    परिषद्ले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यवसायीका हकहित संरक्षणका साथै निजी क्षेत्रको भूमिकालाई सशक्त तुल्याउन समन्वय गर्ने चेम्बरले मङ्गलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ