२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाइसधारामा आजदेखि पाँच दिने मेला, सवारी डाइभर्सन गरियो

images

  • २०८१ वैशाख ११, मंगलबार
  • 436
    SHARES
  • बाइसधारामा आजदेखि पाँच दिने मेला, सवारी डाइभर्सन गरियो

    काठमाडौँ : काठमाडौँको बालाजु बाइसधारामा आज मेला लागेको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाइसधारामा मेला लाग्ने गर्दछ। यो मेला पाँच दिनसम्म चल्ने छ। मेलामा २ लाख ३० हजार सहभागी हुने अनुमान समितिले गरेको छ।

    स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने यो मेला भर्नेहरूको आज बिहानैदेखि घुइँचो छ । मेला भर्नेहरूको घुइँचोका कारण सवारी साधन डाइभर्सन गर्नुपरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ।

    भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले जानकारी दिनुभयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ