काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले आफ्नो सातौं जित निकालेको छ भने मुम्बई ९ विकेटले परजित भएको छ। जितसँगै राजस्थानको ८ खेलमा १४ अङ्क सहित शीर्ष स्थान छ र प्लेअफ नजिक पुगेको छ भने मुम्बई ८ खेलमा ६ अङ्कका साथ सातौं स्थानमा छ।
मुम्बईले दिएको १८० रनको लक्ष्य राजस्थानले १८.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। राजस्थानका लागि ओपनर यशस्वी जैसवालले सर्वाधिक १०४ रन बनाएका थिए। यस्तै, कप्तान सञ्जु स्यामसनले ३८ रन, जस बटलर ३५ रन बनाएका थिए।
बलिङमा मुम्बईका लागि एक मात्रै विकेट पियुष चावलाले लिएका थिए।
त्यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो। मुम्बईका तिलक बर्माले सर्वाधिक ६५ रन बनाएका थिए। यस्तै, नेहाल बढेराले ४९ रन, मोहम्मद नाबी २३ रन बनाएका थिए।
बलिङमा राजस्थानका लागि सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिएका थिए। यस्तै, ट्रेन्ट बोल्टले २विकेट, आवेश खान र युजभेन्द्र चहलले समान १/१ विकेट लिएका थिए।



