२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री

images

  • २०८१ वैशाख १०, सोमबार
  • 331
    SHARES
  • कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताउनुभएको छ। 

    ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेता कर्माचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताउनुभयो। 

    “उहाँको नाममा ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ स्थापना भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कर्माचार्यको सम्मान र सम्झनामा ललितपुरको महालक्ष्मीस्थानमा ‘नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय’ स्थापना भएको छ।” 

    दिवङ्गत कर्माचार्यले २००५ सालदेखि प्रजातन्त्र सङ्घमा आवद्ध भएर राणाविरोधी आन्दोलन र मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चार जना संस्थापकमध्ये उहाँ एक भएको स्मरण गर्नुभयो।

    चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित कर्माचार्यले कम्युनिष्ट पार्टीको गठनपश्चात् मजदुर सङ्गठन स्थापना गर्नुभएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो। मजदुर आन्दोलनको उत्थानका निम्ति निरन्तर सक्रिय कम्युनिस्ट नेता कर्माचार्यले पार्टी र जनप्रतिनिधिको भूमिका सँगसँगै पूरा गर्नुभएको उहाँले बताउनुभयो। 

    निष्कलङ्कित, विवादरहित, सादगी र मिलनसार नेता कर्माचार्य समन्वय तथा समझदारीका लागि सदा प्रयत्नशील रहनुभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिटप्रतिको लगाव भएको नेता भएको बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ