काठमाडौँ : कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुनाफा र इपीएस दुबैमा वृद्धि आएको छ।
बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८.४० प्रतिशतले बढेर ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा नाफा ३० करोड ५६ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँ रहेको छ भने खराब कर्जा ३.५५ प्रतिशत रहेको छ। बैंकले ५७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
यस्तै, बैंकको संचालन नाफा २.९२ प्रतिशतले बढेर ५४ करोड ६ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २.६६ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ पुगेको छ। बैंकको संचालन नाफा ५४ करोड ६ लाख रुपैयाँ तथा कुल सञ्चालन आम्दानी १ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ रहेको छ।
यसगरी, गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको यस वर्ष सोही अवधिसम्म ४.६८ प्रतिशतले घटेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पूँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी आम्दानी ५० पैसा बढेर १३.४७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५५.३४ रुपैयाँ रहेको छ।



