२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
एसीसी प्रिमियर कप २०२४

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै, फेरि फाइनल पुग्ने मौका

images

  • २०८१ वैशाख ७, शुक्रबार
  • 536
    SHARES
  • एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै, फेरि फाइनल पुग्ने मौका

    काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज नेपाल र युएई खेल्दैछन्। खेल अल अमरेत क्रिकेट ग्राउन्ड १ मा नेपाली समय अनुसार बिहान पौने १२ बजे देखि सुरु हुदैछ।

    समूह 'ए' को विजेता नेपालले समूह 'बी' को उपविजेता बनेको युएईसँग फाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्दै छ। अर्को सेमिफाइनलमा भने समूह 'बी' को विजेता ओमान र समूह 'ए' को उपविजेता हङकङबीच प्रतिस्पर्धा गर्दै छ।

    गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका साविकको विजेता नेपाल र यूएईले यस पटक भने सेमिफाइनलमै खेल्ने लागेका हुन्। नेपाल  प्रिमियर कपको साविक विजेता हो। नेपालले युएईसँग अहिलेसम्म ९ वटा टी-२० खेलेको छ जसमा ५ खेलमा नेपाल तथा 4 खेलमा युएई जितेको छ।

    यस्तै, दोस्रो सेमिफाइनल खेल पनि आज दिउँसो सवा ४ बजे ओमान र हङकङबीच हुदैछ। प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ भने फाइनल खेल आइतबार हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ