२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सुनचाँदी

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, एकै दिन २७ सयले बढ्यो ?

images

  • २०८१ वैशाख ४, मंगलबार
  • 461
    SHARES
  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च, एकै दिन २७ सयले बढ्यो ?

    काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ।

    सोमबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कायम भएको हो। यसअघि सुनको मूल्यले चैत ३० गते प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो। 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १ लाख ३९ हजार २ सय कायम भएको छ जुन हालसम्मकै उच्च मूल्य हो। सोमबार छापावाला सुन प्रतितोला रु १ लाख ३६ हजार ५ सयमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला रु १ हजार ७ सयले वृद्धि भएको छ।

    यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार ७ सयले बढेर रु १ लाख ३८ हजार ५ सय ५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार तेजाबी सुन रु १ लाख ३६ हजार ८ सय ५० निर्धारण भई कारोबार भएको थियो।

    यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको छ। सोमबार चाँदीको मूल्य रु १ हजार ७ सय २५  रुपैयाँमा कारोबार भएको थियो।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ