२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

१३.३१ करोड बोरा बिक्री गर्दै शिवम् नेपालकै सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट बन्न सफल

images

  • २०८१ वैशाख ३, सोमबार
  • 996
    SHARES
  • १३.३१ करोड बोरा बिक्री गर्दै शिवम् नेपालकै सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट बन्न सफल

    काठमाडौँ : शिवम् सिमेन्ट्स लिमिटेडले १३.३१ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ।

    शिवम् सिमेन्टले स्थापना कालदेखि हाल (२०७९ असार मसान्त) सम्मको अवधिमा नेपालकै सर्वाधिक ओपिसि सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो। शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ।

    हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्यधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।  

    शिवम‍् सिमेन्टले नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा  आइएसआइ, युआरएस, आइएसओ सर्टिफिकेट प्राप्त गरेको छ। सन् २००३ मा मध्य नेपालको हेटौडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ