काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मुम्बईलाई २० रनले हराउँदै चेन्नईको रोमाञ्चक चौथो जित हात पारेको छ। जितसंगै चेन्नई ८ खेलमा ८ अंक सहित तेस्रो स्थनमा छ भने मुम्बई ६ खेलमा ६ अंकसहित पन्जाब आठौं स्थानमा छ।
गए राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग पराजित भएको छ। चेन्नाइले दिएको २०७ रनको लक्ष्य मुम्बइले ६ विकेट गुमाएर मात्र १८६ रन बनायो। मुम्बइका लागि रोहित शर्माले सर्वाधिक १०५ रन बनाएका थिए। यस्तै, इशान किसनले २३ रन, तिलक बर्माले ३१ रन तथा टिम डेभिडले १३ रन बनाएका थिए। अरु कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
बलिङमा चेन्नईका लागि मतिशा पाथिरानाले ४ विकेट तथा तुसार देशपाण्डे र मुस्ताफिजुर रहमाले समान १/१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले ४ विकेट गुमाएर २०६ रन बनाएको थियो। चेन्नईका लागि रुतुराज गायकवाडले ६९ रन, शिभम दुबेले ६६ रन, रचिन रविन्द्रले २१, महेन्द्रसिंह धोनीले २० र र्डेल मिचेलले १७ रन बनाएका थिए।
बलिङमा मुम्बइका लागि हार्दिक पाण्ड्याले २ तथा गेर्राड कोट्जी र श्रेयस गोपालले समान १/१ विकेट लिएका थिए।



