२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुन्तलालाई राष्ट्रिय फल घोषणा

images

  • २०८० चैत ३०, शुक्रबार
  • 986
    SHARES
  • सुन्तलालाई राष्ट्रिय फल घोषणा

    काठमाडौँ : सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। सुन्तला मध्य तथा उच्च पहाडी क्षेत्रमा पाइने सिट्रस प्रजातिको फल हो।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो। 

    उत्पादन बढाउन र कृषकलाई फलफूल खेतीमा प्रेरित गर्न सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो। नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन्। सुन्तला नेपालको रैथाने फलफूल हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ