२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
बैङ्किङ

वैशाखका लागि अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकमा पाइन्छ कति ब्याजदर ?

images

  • २०८० चैत ३०, शुक्रबार
  • 1.1K
    SHARES
  • वैशाखका लागि अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकमा पाइन्छ कति  ब्याजदर ?

    काठमाडौं : हाल संचालनमा रहेका सबै वाणिज्य बैंकले २०८१ वैशाख १ गतेदेखि लागु हुने गरी नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। वाणिज्य बैंकमध्ये १३ वटा बैंकले ब्याजदर घटाएको छन् भने  ५ वटा बैंकले स्थिर तथा बाँकि २ वटा बैंकले ब्याजदर बढाएका छन्। 

    वाणिज्य बैंकहरुमध्ये सर्वाधिक ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक रहेको छ। व्यक्तिगततर्फ एनआईसी एशिया बैंकले सर्वाधिक ०.८ प्रतिशत घटाएर ७.७५० प्रतिशत र संस्थागततर्फ ६.७० प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

    अन्य ब्याजदर घटाउनेमा ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक,लक्ष्मी सनराइज बैंक,प्रभु बैंक, नेपाल एसबिआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक,नेपाल बैंक, सिटिजन्स बैंक, प्राइम बैंक र सानिमा बैंक रहेका छन्।

    व्यक्तिगततर्फ राष्ट्रिय वाणिज्य बैंक ६.५५ प्रतिशत, ग्लोबल आइएमई बैंक ७ प्रतिशत, प्रभु बैंक ७ प्रतिशत, माछापुच्छ्रे बैंक ७.२५ प्रतिशत, सिद्धार्थ बैंक ७.२५ प्रतिशत, कुमारी बैंक ७.२६ प्रतिशत, नेपाल एसबिआई बैंक ६.५३ प्रतिशत, नेपाल बैंक ६.७५ प्रतिशत, प्राइम बैंक ७.१ प्रतिशत, लक्ष्मी सनराइज बैंक ७ प्रतिशत, सानिमा बैंक ७.१० प्रतिशत र सिटिजन्स बैंक ७.५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

    संस्थागततर्फमा राष्ट्रिय वाणिज्य बैंक ५.३५ प्रतिशत, ग्लोबल आइएमई बैंक ६ प्रतिशत, प्रभु बैंक ६.५ प्रतिशत, माछापुच्छ्रे बैंक ५.५  प्रतिशत, सिद्धार्थ बैंक ६ प्रतिशत, कुमारी बैंक ६.२५  प्रतिशत, नेपाल एसबिआई बैंक ५.५३ प्रतिशत, नेपाल बैंक ४.७५ प्रतिशत, प्राइम बैंक ६.१ प्रतिशत, लक्ष्मी सनराइज बैंक ६ प्रतिशत, सानिमा बैंक ६.१०  प्रतिशत र सिटिजन्स बैंक ६.५ प्रतिशत ब्याजदर निर्धारणगरेका छन्।

    ब्याजदर स्थिर राखनेमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, र हिमालयन बैंक रहेका छन्। व्यक्तिगततर्फमा नबिल बैंक ७.२५ प्रतिशत, कृषि विकास बैंक ५.६६६१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंक ७ प्रतिशत र हिमालयन बैंक ७.५ प्रतिशत ब्याजदर रहेको छ। यस्तै, संस्थागततर्फमा नबिल बैंक ६.२५ प्रतिशत, कृषि विकास बैंक ४.५१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंक ५.२५ प्रतिशत र हिमालयन बैंक ६ प्रतिशत ब्याजदर रहेको छ।

    यसै गरी,एभरेष्ट बैंक र एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फको निक्षेप  ब्याजदर बढाएका छन्। व्यक्तिगततर्फमा  एभरेष्ट बैंक ७ प्रतिशत र एनएमबि बैंक ७.९७० प्रतिशत ब्याजदर निर्धारण गरेका छन् भने संस्थागततर्फमा एभरेष्ट बैंक ६ प्रतिशत र एनएमबि बैंक ६.९७० प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ