२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

बटलरको शतक संगै, बेंग्लोरमाथि राजस्थानको सानदार ६ विकेटको जित

images

  • २०८० चैत २५, आइतबार
  • 421
    SHARES
  • बटलरको शतक संगै, बेंग्लोरमाथि राजस्थानको सानदार ६ विकेटको जित

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरुलाई ६ विकेटको सानदार जित हात पारेको छ। जितसँगै राजस्थान ४ खेलमा अपराजित रहेर शीर्ष स्थानमा छ भने बेंग्लोर ५ खेलमा ४ मा हार र १ मा जितसहित आठौं स्थानमा छ।

    बेंगलूरुले दिएको १ सय ८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। राजस्थानका लागि जोस बटलरले अन्तिम बलमा छक्का प्रहार गर्दै शतक बनाएका थिए। बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रन बनाएका थिए भने कप्तान संजु स्यामसन ४२ बलमा ६९ रन बनाएका थिए।

    बलिङमा बेंग्लोरका लागि रिस टोप्ली २ विकेट, यश दयाल र मोहम्मद शिराजले समान १/१ विकेट लिएका थिए।

    त्यसअघि  जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलूरुले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो। बेंगलूरुका लागि विराट कोहलीले १ सय १३ रनको सर्वाधिक शतकीय पारी खेलेका थिए भने फाफ डु प्लेसिस ४४ रन बनाएका थिए।

    बलिङमा राजस्थानका लागि युजभेन्द्र चहलले २ विकेट तथा नान्द्रे बर्गरले १ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ