काठमाडौँ : भारतमा जारी त्रिकोणात्मक टी–२० फ्रेन्डसिप कपमा एक खेलअगाडि नै फाइनल पुगेको नेपालले आज भारतको बरोडा क्लबसँग खेल्दै छ। समूह चरणको अन्तिम खेलअन्तगर्त नेपालले आज दिउँसो पौने ३ बजे बरोडासँग प्रतिष्पर्धा गर्न लागेको हो।
समूह चरणका शुरुका तीन खेल जित्दै नेपाल फाइनलमा पुगिसकेको छ भने ३ खेल नै हारेको बरोडा सान्त्वना जितको खोजीमा छ। आइतबार फाइलनमा नेपालले गुजरातसँग प्रतिस्पर्धा गर्नेछ। बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो भने त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले तथा गुजरातलाई ८ विकेटले हराएको थियो।
नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टी–२० विश्वकपको तयारीका रूपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।



