काठमाडौँ : गायक राजेश पायल राईसहित ३ जना पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई उजुरी गरेका थिए अनि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिनुभयो।
गायक राई यसअघि पनि पटक पटक विवादमा आइरहने गरेका छन्। बुधवार राति २ बजे काठमाडौँको नयाँ गाउँबाट उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ।



