२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
बैङ्किङ

गरिमा विकास बैंक सीईओमा माधवप्रसाद उपाध्याय नियुक्त

images

  • २०८० चैत १५, बिहीबार
  • 1.3K
    SHARES
  • गरिमा विकास बैंक सीईओमा माधवप्रसाद उपाध्याय नियुक्त

    काठमाडौँ : गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका छन्।

    कम्पनीको चैत्र १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनी आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्। उनी अहिले कम्पनी सचिवका रुपमा बैंकमा आवद्ध रहेका थिए।


    बैंकको सिइओमा अहिले गोविन्द प्रसाद ढकाल रहेका छन्। उनको कार्यकाल यही चैत ३० गते समाप्त हुँदैछ। यसैगरी कम्पनी सचिवमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई नियुक्त गरिएको पनि बैंकले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ