२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
ग्लोबल मनि विक २०२४

दिव्या सेक्युरिटीजद्वारा पूँजीबजार शिक्षा तथा चेतना मूलक कार्यक्रम सम्पन्न 

images

  • २०८० चैत १०, शनिबार
  • 8.2K
    SHARES
  • दिव्या सेक्युरिटीजद्वारा पूँजीबजार शिक्षा तथा चेतना मूलक कार्यक्रम सम्पन्न 

    काठमाडौँ : दिव्या सेक्युरिटीज एण्ड स्टक हाउसद्वारा वित्तीय साक्षरता सम्बन्धी पूँजीबजार शिक्षा तथा चेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल मनि विक २०२४ को अवसरमा स्टक हाउसले आज चैत्र १० गते शनिवार चेतना मूलक कार्यक्रम आयोजना गरेको थियो। 

    WhatsApp Image 2024-03-23 at 7.15.47 PM.jpeg

    यस चेतना मूलक कार्यक्रम कम्पनीको मुख्य कार्यालय न्युप्लाजामा बिहान ११ बजे देखि सुरु भएको थियो भने लगानीकर्ताको बाक्लो उपस्थिति थियो। यस कार्यक्रमका प्रशिक्षण नेप्से अल्फाका सिईओ मधु गैरेले गरेका थिए भने मुख्य सञ्चालन दिव्या सेक्युरिटीजका लेखा प्रमुख विशारद वाग्ले गरेका थिए।  

    WhatsApp Image 2024-03-23 at 7.15.58 PM.jpeg
    undefined

    झन्डै चार घण्टा लामो कार्यक्रममा लगानीकर्ता र प्रशिक्षण बिच देशका विभिन्न वर्तमान आर्थिक, पूँजीबजार, सेयर बजार आदिका अवस्था बारेमा छलफल भएको थियो। बाक्लो लगानीकर्ताको उपस्थितिमा सञ्चालन भएको कार्यक्रममा सहभागीले आधारभूत तथा प्राविधिक विश्लेषणको प्रशिक्षण गरिएको थियो। कार्यक्रममा युवा वर्गको बाक्लो उपस्थिति थियो। 

    विश्व वित्तीय सप्ताह २०२४ को अवसर विभिन्न बैङ्क, बिमा कम्पनी, मर्चेन्ट बैंकर तथा ब्रोकरहरूले विभिन्न कार्यक्रम सञ्चालन गरेर सप्ताहलाई व्यापक रूपमा मनाएका छन्।

    #दिव्या सेक्युरिटीज एण्ड स्टक हाउस #पूँजीबजार #सेयर बजार #सत्कार खबर

    कार्यक्रमका केही झलकहरू : 

    7757ef2a-46f8-4b0d-9c4d-e7ab6178a43f.jpg359ebef8-05cf-4f07-a9be-250a2ff1a43d.jpg

    7b3a9264-5089-42e4-9b5d-6e8f80e563a0.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ