२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

images

  • २०८० चैत ९, शुक्रबार
  • 1.0K
    SHARES
  • स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

    काठमाडौँ :  नबिल बैंकका ग्राहकले स्काइ वाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा दिलाउने क्रममा बैंकले स्काइ वाकको टिकटमा छुट दिलाउन वन्डर्स नेपाल प्रालिसँग सम्झौता गरेको हो।

    सम्झौता भए अनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रा.लिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने जनाइएको छ। छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एनबैंक एपबाट भुक्तानी गर्नुपर्ने सर्त राखिएको उल्लेख छ।

    काठमाडौंको कमलादीमा रहेको स्काइ वाक टावर कुल ७८.५ मिटर अग्लो तथा उपत्यकाको ३ सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिने विशेषता रहेको बैंकले जनाएको छ। हाल बैंकले देशभर २ सय ६८ शाखा, २१ एक्सटेन्सन काउन्टर र ३ सय १६ एटिएममार्फत् सेवा दिँदै आएको जनाएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ