२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सरकार अर्थतन्त्रलाई लयमा फर्काउन तत्पर छ : प्रधानमन्त्री

images

  • २०८० असोज २६, शुक्रबार
  • 1.2K
    SHARES
  • सरकार अर्थतन्त्रलाई लयमा फर्काउन तत्पर छ : प्रधानमन्त्री

    असोज २६, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका साथ सूचीकृत गर्दै चुनौतीपूर्ण परिस्थितिको सामाना गर्ने सङ्कल्पसहित अर्थतन्त्रलाई लयमा फर्काउन तथा देशमा नयाँ रक्तसञ्चार गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। 

     

    सिजन मिडिया प्रालिको १५औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित ‘एशियन प्राफेसनल एचिभ्मेन्ट अवार्ड २०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकारकोतर्फबाट मैले पटकपटक भन्दै आएको छु, खेलकुद, साहित्य र कलाको क्षेत्र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयाम हुन्, यिनीहरुका माध्यमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न सकिन्छ।”

     

    प्रधानमन्त्री दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता प्रवद्र्धन गर्ने क्षेत्रका रुपमा विकास गरेको उल्लेख गर्दै अहिले पनि सो क्षेत्रको विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। सांस्कृतिक क्षेत्र मानिसलाई भावनात्मकरुपले सांस्कृतिकरुपले राष्ट्रलाई एकताबद्धरुपमा उत्प्रेरित गर्ने क्षेत्र भएको उहाँको भनाइ छ। 

     

    सिजन मिडियाले व्यावसायिक, शैक्षिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान तथा अवार्ड वितरण गर्दै आएको जानकारी पाउँदा प्रधानमन्त्री दाहालले खुसी व्यक्त गर्नुभयो।

     

    “यस्ता कार्यक्रमले सामाजिक जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिलाई उत्प्रेरित प्रदान गर्ने र देशभित्र व्यावसायिक वातावरण निर्माण गर्न, देशको पर्यटन प्रवद्र्धन गर्न तथा सामाजिक हितका पक्षमा अग्रसर हुन महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो।  

     

    कार्यक्रममा डा भगवान कोइराला, कलाकार निर शाह, क्याप्टेन विजय लामा लगायत देशका समाजसेवी, व्यवसायी, कलाकार, उद्यमी र सञ्चारकर्मीलाई ‘एशियन प्राफेसनल एचिभ्मेन्ट अवार्ड २०२३’ प्रदान गरिएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ