२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

दोहोरो अङ्कले बढ्यो नेप्से, करिब ३ अर्बको कारोबार?

images

  • २०८० फागुन २७, आइतबार
  • 886
    SHARES
  • दोहोरो अङ्कले बढ्यो नेप्से, करिब ३ अर्बको कारोबार?

    काठमाडौँ : साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक २२.१० अङ्कले बढेर २०५२.६५ को बिन्दुमा कायम भएको हो।

    आज ३ सय ४ कम्पनीका ७० लाख ४३ हजार ४ सय ५७ कित्ता शेयर ५६ हजार ७ सय २६ पटक खरिदबिक्री हुँदा रु २अर्ब ९२ करोड २७ लाख ७१ हजार ५सय ५८ बराबरको कारोबार भएको छ।

    जलविद्युत् समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक चार दशमलव २१ र जीवन बीमा समूहको उपसूचक एक दशमलव ८४ प्रतिशतले बढेको छ। बैकिङ समूह शून्य दशमलव ७४, विकास बैंक एक दशमलव ०८, वित्त समूह एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव १२ र लगानी समूह एक दशमलव २६ प्रतिशतले बढेको छ। 

    त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह  शून्य दशमलव ९१, म्युचुअल फण्ड एक दशमलव ०१, निर्जीवन बीमा एक दशमलव ३४, व्यापार शून्य दशमलव ६५ र अन्य समूह शून्य दशमलव २८ प्रतिशतले बढेको छ।

    विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७.०६ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ६.९५ प्रतिशतले घटेको छ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ बराबरको ४ लाख ३० हजार १ सय ३१ कित्ता शेयर किनबेच भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ