२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आईसीसी एकदिवसीय विश्वकप : बंगलादेशविरुद्ध इंग्ल्यान्डको १३७ रनको कीर्तिमानी जित

images

  • २०८० असोज २३, मंगलबार
  • 961
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप : बंगलादेशविरुद्ध इंग्ल्यान्डको १३७ रनको कीर्तिमानी जित

    असोज २३, काठमाडौँ : विश्व कप क्रिकेटमा इंग्ल्यान्डले पहिलो खेल जितेको छ। प्रतियोगितामा पहिलो जित निकालेको इंग्ल्यान्ड २ अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। प्रतियोगितामा पहिलो हार बेहोरेको बंगलादेश समान २ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। 

    ओपनर डेविड मलानको शतक र रिस टोप्लेको कसिलो बलिङप्रेरित इंग्ल्यान्डले मंगलबार बंगलादेशविरुद्ध १३७ रनको फराकिलो कीर्तिमानी जित निकालेको हो। भारतको धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसियसन रंगशालामा सम्पन्न खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको ३६४ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश ४८.२ ओभरमा २२७ रनमै अलआउट भयो।

    बंगलादेशका ओपनर लिटोन दासले ७६ रन बनाएका थिए। मुसफिकर रहिमले ५१ रन,तोहिद हृदोयले ३९ रन, तक्षिन अहमेदले १५ रन, मेहदी हसनले १४ रन र सोरिफुल इस्लामले १२ रन बनाएका थिए।

    बलिङमा इंग्ल्यान्डका रिस टोप्लेले ४ विकेट,क्रिस वोक्सले २ विकेट लिएका थिए। साम करन, मार्क उड, आदिल राशिद र लियम लिभिङस्टोनले समान ११ विकेट लिएका थिए।

    त्यसअघि, टस हारेर ब्याटिङमा पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६४ रन बनाएको थियो। इंग्ल्यान्डका ओपनर मलानले १०७ बलमा १४० रन बनाएका थिए। अर्का ओपनर जोनी बेरेस्टोले ५९ बलमा ५२ रन जोडेका थिए।

    पहिलो विकेटका लागि ११५ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। रुट र मलानले पनि दोस्रो विकेटका लागि १५१ रनको साझेदारी गरेका थिए। जोए रुटले ६८ बलमा ८२ रन, कप्तान जस बटलर र ह्यारी ब्रुकले समान २० रन बनाएका थिए। क्रिस वोक्सले १४ रन भने साम करन र आदील रासिदले समान १/१ रन बनाएका थिए।

    बलिङमा  बंगलादेशका मेहदी हसनले ४ विकेट, सोरिफुल इस्लामले ३ विकेट लिँदा तक्षिन अहमेद र साकिब अल हसनले समान १/१ विकेट लिएका थिए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ