२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन

images

सत्कार खबर
  • २०८० वैशाख २७, बुधबार
  • 471
    SHARES
  • जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन

    जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था (JALPA) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश संशोधन गरेको छ । लघुवित्त संञ्चालक समितिको बैशाख २६ गते बसेको बैठकले प्रस्तावित लाभांश संशोधन गरेको हो ।


    नेपाल राष्ट्र बैंकको निर्देशन अुनसार लघुवित्तले हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले हुन आउने २ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।


    यस अघि लघुवित्तले चुक्ता पूँजीको ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.८४२१ प्रतिशत नगद गरी कुल ७५ प्रतिशत लाभाँश प्रस्ताब गरेको थियो ।


    लघुवित्तले लाभांश संशोधन गरी स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ