२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

१२.५८ अंकले घट्यो नेप्से,सवा अर्बको कारोबार

images

  • २०८० असोज २२, सोमबार
  • 1.5K
    SHARES
  • १२.५८  अंकले घट्यो नेप्से,सवा अर्बको कारोबार

    असोज २२,काठमाडौँ : हिजो आइतबार साढे ३५ अङ्कले घटेको शेयर बजार आज सोमबार शेयर बजार परिसूचक नेप्से १२.५८ अङ्कले घटेर १९०८.६६ विन्दुमा झरेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८० करोडको शेयर कारोबार भएको बजारमा आज २८७ स्टकको ४८ हजार ४४४ पटकको कारोबारमा १ अर्ब १७ करोड १ लाख रुपैयाँ बराबरको ४३ लाख २७ हजार कित्ता शेयर कारोबार भएको छ। 

    आज सेन्सेटिभ इण्डेक्स २.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक घटेको छ। १३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक ०.४९ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक आज सर्वाधिक १ प्रतिशत घटेको छ।


    आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.८८ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। आज २ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

    कारोबार रकमका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा, ३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३६ लाख, हिमालयन लघुवित्त ३ करोड११ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ९४ लाख र शिवम् सिमेन्ट्सको २ करोड ८१ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ