२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ : मन्त्री शर्मा

images

  • २०८० असोज २२, सोमबार
  • 966
    SHARES
  • ‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ : मन्त्री शर्मा

    असोज २२,काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचना गर्ने क्रममा चालु आर्थिक वर्षबाट नै  ‘एक पालिका, एक हुलाक’ अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको बताउनुभएको छ।
            
    विश्व हुलाक सेवा दिवसका अवसरमा आज डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पु¥याउने गरी सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीबमोजिम पुनःसंरचना गर्न लागिएको बताउनुभयो। 

    “आवश्यक सार्वजनिक सेवाका रुपमा रहेको हुलाक सेवामुखी भावनाले सञ्चालन हुँदै आएको छ। मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्चालन रहे पनि परम्परागतरुपमा अब हुलाक सेवा प्रभावकारी बनाउन सकिने अवस्था छैन”, मन्त्री शर्माले भन्नुभयो, “यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक, भरपर्दो र प्रतिस्पर्धी बनाउने सरकारको लक्ष्य छ।”

    मन्त्री शर्माले हुलाक सेवामा प्रविधि, भौतिक पूर्वाधार र सङ्गठनात्मक पुनःसंरचनामसहित कार्यरत कर्मचारीको क्षमता विकाससहित सरोकारवालाबीच समन्वय गरी हुलाक सेवाको विश्वव्यापी सञ्चालनमा नेपाललाई थप सक्रिय सदस्य राष्ट्रका रुपमा उभ्याउन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

    सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समयसापेक्षितरुपमा हुलाक सेवालाई प्रभावकारी, विश्वसनीय र आधुनिक प्रविधियुक्त बनाउन सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो। 

    हुलाक सेवा विभागका महानिर्र्देशक प्रदीपराज अधिकारीले परम्परागतरुपमा हुलाक सेवा सञ्चालन हुन नसक्ने अवस्थालाई ध्यान दिइ पुनःसंरचना र समयसापेक्षतामा अग्रसर हुन आफूहरु तत्पर रहेको बताउनुभयो। कार्यक्रममा हुलाक सेवामा योगदान दिने व्यक्ति र दीर्घसेवी कर्मचारीलाई सम्मान गरिएको थियो। यस वर्षको दिवसको नारा ‘विश्वासका लागि एकसाथ’ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ