असोज २०, दाङ : आज दिउसो ३ बजे तुलसीपुरबाट सल्यानका लागि छुटेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २२ जना यात्रु घाइते भएका छन्।
सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटना हुँदा दुई जना महिलाको ज्यान गएको प्रहरीले जानकारी दिनुभयो। मृत्यु हुनेहरुको पहिचान अझै खुलेको छैन। घटनाको थप विवरण आउन बाँकी छ।



