२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाउन आग्रह

images

  • २०८० फागुन २३, बुधबार
  • 586
    SHARES
  • माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाउन आग्रह

    कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ। मुख्यमन्त्री शर्मालाई आज भेट्न आउनुभएका आयोजनाका प्रतिनिधि केके शर्मालाई आयोजनाको काम अगाडि बढाउन अनुरोध गर्नुभएको हो। 

    त्यस क्रममा मुख्यमन्त्री शर्माले हालसम्मको आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको थियो। माथिल्लो कर्णाली जलविद्युत् कर्णाली प्रदेशसहित मुलुकको महत्त्वपूर्ण आयोजना भएकाले यसको निर्माणमा तीव्रता दिनुपर्ने सुझाव दिनुभएका मुख्यमन्त्री शर्माले प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक पहल तथा समन्वयका लागि तयार रहेको जनाउनुभयो। 

    आयोजनाका प्रतिनिधि शर्माले आयोजनाअन्तर्गत सबै प्रक्रिया पूरा भएको र अब काम अगाडि बढाउने बताउनुभएको थियो। ९ सय मेगावाट जलविद्युत् क्षमताको उक्त आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)ले लिएको छ। 

    जिएमआरले माथिल्लो कर्णाली आयोजनाको निर्माण १३ वर्षदेखि अगाडि बढ्न सकेको छैन। जिएमआरले सन् २००८ मा नै आयोजना निर्माणको जिम्मा पाएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ