असोज १८,सिरहा : सिरहाको कल्याणपुर नगरपालिकामा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा २२ जना घाइते भएका छन्। झडपमा १६ आन्दोलनकारी, ४ जना नेपाल प्रहरी र २ सशस्त्र प्रहरी गरी २२ जना घाइते भएका छन्।घाइतेहरुको उपचार भइरहेको छ।
नगरप्रमुख रामपुकार साह दिउँसो १ बजे कार्यालय छिर्ने क्रममा भएको विवादले झडपको रूप लिएको र त्यसक्रममा ५ राउन्ड हवाई फायर र ३६ राउन्ड अश्रुग्यास प्रहारसमेत गर्नु परेको प्रहरीले जानकारी दिनुभयो।
आन्दोलनमा १२ वटा वडाध्यक्षमध्ये ६ जनासहित विभिन्न पार्टीका नेता कार्यकर्ता सहभागी छन्।



