२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ट्यांकर दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

images

  • २०८० असोज १७, बुधबार
  • 1.9K
    SHARES
  • ट्यांकर दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

    असोज १७, मकवानपुर : मकवानपुरमा दूध बोक्ने ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु र सह चालक घाइते भएका छन्।

    बकैया गाउँपालिका ५, तीनतलेमा हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको ना १ घ ५४४ नम्बरको दूध बोक्ने खाली ट्यांकर बुधबार दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते परेका दुवै जनालाई हेटौंडा अस्पताल पठाइएको थियो। अस्पताल पुर्याइएपछि चालक सिद्धान्त लामालाई डाक्टरले मृत घोषणा गरेका थिए।

    यस्तै, ट्यांकरका सहचालक प्रेम अधिकारीको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिनुभयो। ट्यांकर आफैं अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेको प्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ