काठमाण्डौ : सेयर बजार परिसुचाकांक नेप्से मंगलबार दोहोरो अंकले उकालो लागेको छ। बजार आज १०.६६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८४४.३६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.८७ अंकले बढेर ३५४.२५ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर करिब साढे ७७ करोड रुपैयाँको मात्रै भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.९४ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूहमा १.३६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३० प्रतिशत, विकास बैंक समूहमा ०.८४ प्रतिशत, वित्त समूहमा ०.५१ प्रतिशत, जलविद्युत समूहमा १.०८ प्रतिशत, लगानी समूहमा ०.८० प्रतिशत, जीवन बीमा समूहमा ०.८२ प्रतिशत, लघुवित्त समूहमा ०.३४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२४ प्रतिशत, अन्य समूहमा ०.२५ प्रतिशत र व्यापार समूहमा ०.१२ प्रतिशतको बढोत्तरी भएको छ।
सर्बाधिक कमाउने १० कम्पनीहरु
सर्बाधिक गुमाउने १० कम्पनिहरु



