असोज १५, काठमाडौं : सल्यानमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन्। घाइते हुनेमा राजबहादुर केसी, टेकबहादुर थापा, छविलाल केसी र भीमसेन थापा रहेका छन्।
छत्रेश्वरी गाउँपालिका- ३ दोलीमा संचालन गरेको कुखुरा फार्मभित्र लुकेर बसेको चितुवा हेर्न जाने क्रममा लुकेर बसेको बाघले उनीहरुमाथि आक्रमण गरेको थियो। घाइतेहरुलाई सल्यान अस्पतालपछि थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ।



