२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई एलपि ग्याँसमा रू ३२५ नोक्सानी

images

  • २०८० फागुन १८, शुक्रबार
  • 781
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई एलपि ग्याँसमा रू ३२५ नोक्सानी

    काठमाडौँ : भारतीय आयल निगमबाट १५ दिनमा आएको मूल्य सूची अनुसार नेपालमा पनि समायोजन हुने गरेको थियो तर यस पटक भने नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने भएको छ। 

    निगमका अनुसार यस पटक साबिकको भन्दा पेट्रोलमा ८५ पैसा, डिजेल र मट्टितेलमा २१ पैसा प्रति लिटर तथा एसपी ग्यासमा प्रतिसिलिन्डर २१ रुपैयाँ ६६ पैसाका दरले बढेर आएको छ तर निगमका अनुसार मूल्य वृद्धि भएर आए पनि तत्काल खुद्रा मूल्यमा वृद्धि नगर्ने जनाएको छ। निगमका अनुसार खाना पाउने एलपिजी ग्याँस प्रत सिलिण्डर ३ सय ३५ रुपैयाँले नोक्सानी व्यहोर्नु परिरहेको दाबि छ।

    तर, यस पटक भने नेपाल आयल निगमले उपभोक्ताको हितलाई ध्यानमा राखी हाललाई मूल्य यथावत् राखिएको जनाएको छ। निगमका अनुसार ललितपुर र काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७२ रुपैयाँ, मट्टितेल र डिजेल प्रति लिटर १ सय ६० रुपैयाँका दरले बिक्री हुने गरी कायमै राखिएको छ। यसै गरी, खाना पकाउने ग्याँस प्रति सिलिन्डर १ हजार ९ सय १० रुपैयाँ कायम गरेको छ। 

    अहिले पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ छ। दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ छ।

    तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ छ । ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ