असोज १५, काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली भई हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ।
आगामी ३–४ दिनसम्म देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना रहेकाले मनसुन ढिलो गरी बाहिरिने महाशाखाको अनुमान छ। आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी भू–भागको एक वा दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार देशको पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।



