२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

माल्दिभ्सलाई नेपालले दियो २१३ रनको लक्ष्य

images

  • २०८० असोज १४, आइतबार
  • 1.8K
    SHARES
  • माल्दिभ्सलाई नेपालले दियो २१३ रनको  लक्ष्य

    असोज १४, काठमाडौं : १९ औं एसियाली खेलकुद अन्तर्गत टी - २० क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ। हाङझाउ क्रिकेट ग्राउन्डमा टस जितेको पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २१३ रन बनाएको हो।

    नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका थिए। नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रनमा र कुशल मल्लले ४७ रन बनाएका थिए। गुल्सन झालेले ३५ रन,कुशल भुर्तेल ३५ रन,  विनोद भण्डारी १३ रन, सन्दीप जोरा ५ रन आसिफ शेख ६ रन र दीपेन्द्रसिंह ऐरी ६ रन बनाएका थिए।

    बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भएका थिए।

    नेपालको प्लेइङ ११

    कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल ९कप्तान०, सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ