२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

images

  • २०८० असोज १३, शनिबार
  • 1.6K
    SHARES
  • वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

    असोज १३, काठमाडौं : मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ। आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै गोकुल कटेज नजिकै कर्णाली राजमार्ग अवरुद्ध गरेका छन्।

    सुर्खेतको वीरेन्द्रनगर ३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका ५ वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो।

    दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो। दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार भएका छन् भने मोटरसाइकल नम्बर नखुलेकाले चालकको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जानकारी दिनुभयो।

    बालक वीरेन्द्रनगर ३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ