२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनको भाउ चार दिनमा ३४ सयले घट्यो,कतिमा हुदैछ कारोबार ?

images

  • २०८० असोज १२, शुक्रबार
  • 1.4K
    SHARES
  • सुनको भाउ चार दिनमा ३४ सयले घट्यो,कतिमा हुदैछ कारोबार ?

    असोज १२, काठमाडौं :  केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ। आज शुक्रबार सुनको मूल्य घटेको छ।

    आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहीबार १ लाख ९ हजार ६ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो। हिजो पनि छापावाल सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको थियो।यो हप्ता समग्रमा सुनको भाउ तोलामा ३ हजार ४सय रुपैयाँले घटेको छ। 

    यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो १ लाख ९ हजार ५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो। हिजो प्रतितोला १ हजार ३८५ रुपैयाँमा किनबेच भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ