असोज ७, काठमाडौं : दोलखामा घरायसी विवादमा खुकुरी प्रहार गर्दा २ जना घाइते भएका छन्।
आइतबार राति ११ बजेतिर तामाकोसी गाउँपालिका २ झुलेका ७२ वर्षीय मोहनबहादुर कार्कीले विवादमा खुकुरी प्रहार गर्दा श्रीमती तारादेवी कार्की र नातीनी सुहाना कार्की सख्त घाइते भएको प्रहरीले जानकारी दिनुभयो।
अत्यधिक रक्तश्राप भइरहेको अवस्थामा उनीहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए। घाइते दुवैजनाको चरिकोटको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिनुभयो।
घटनामा संलग्न मोहनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनुभयो।



